तनहुँ । सञ्चार प्रविधि तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको दमौलीमा आजदेखि सुरु भएको तमु विद्यार्थी छोंज धींको बाह्रौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन्।
तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनको मन्त्री गुरुङले उद्घाटन गरेका हुन् । महाधिवेशन उद्घाटन समारोह अगाडि दमौलीमा जातीय वेषभूषासहित सांस्कृतिक झाँकी निकालिएको थियो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा पाँच सय प्रतिनिधिसहित एक हजार पाँच सय जनाको सहभागिता छ ।
तमु विद्यार्थी छोंज धीं गुरुङ विद्यार्थीको हकहित तथा अधिकार संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले विसं २०५२ माघ २६ गते स्थापना भएको राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज तमुले बताए। यसअघि विसं २०७९ मा धींको सम्मेलन काठमाडौंमा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया