काठमाडौं । सीजी मोटर्सले शनिबार काठमाडौंको थापाथलीमा एक्सपेंग फ्ल्यागसिप शोरुमको उद्घाटन गरेको छ । एक्सपेंगको आधिकारीक बिक्रेता सीजीले चिनियाँ दूतावासका प्रतिनिधी र एक्सपेंगका प्रतिनिधीको उपस्थितीमा उक्त शोरुमको उद्घाटन गरेको हो ।
साथै सीजीले एक्सपेंग ब्रान्डको जीसिक्स इलेक्ट्रिक एसयूभी पनि लञ्च गरेको छ । उक्त कार्यक्रममा सीजीले २५ वटा एक्सपेंगका जीसिक्स गाडी हस्तान्तरण गरेको छ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सले विश्वमा चर्चित ब्रान्डका गाडी बिक्री गर्दै आएको बताए ।
यो फ्ल्यागसिप शो रुमको उद्घाटन र जी६ अल्ट्रा स्मार्ट कोप एसयूभी मोडलको लन्चसँगै एक्सपेङले लिडिङ द फ्युचर अफ एआई मोबिलिटी ब्रान्ड भिजन राखेको छ । एक्सपेङले अत्याधुनिक एआई–संयुक्त गाडीहरू विश्वभरि ल्याइसकेको जनाएको छ । यो ३० भन्दा बढी देशहरूमा उपस्थित भइसकेको छ।
यसका साथै विश्व अटोमोटिभ क्षेत्रमा अग्रणी फोल्क्सवागन ग्रुपले एक्सपेङको ईभी प्रविधि र एआई प्लेटफर्मको पहुँच पाउन ठूलो हिस्सामा लगानी गरेको छ ।
शो रुम उद्घाटन कार्यक्रममा सीजीएमले पहिलो चरणका ग्राहकलाई २५ जी६ गाडी हस्तान्तरण पनि गरेको छ । जी६ मोडललाई विश्वको सबैभन्दा सख्त सुरक्षा परीक्षण ई–एनकेपमा पाँच स्टार रेटिङ प्राप्त छ ।
शोरूमको सफल उद्घाटन र गाडीहरूको वितरणसँगै एक्सपेंगले सबैलाई नयाँ फ्ल्यागशिप शोरूम भ्रमण गर्न र विद्युतीय सवारीको भविष्यको अनुभव गर्न आमन्त्रण गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया