रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि अदालत लगिँदै, रास्वपाद्वारा प्रदर्शनको तयारी

लोकपथ
266
Shares

काठमाडौं । सहकारी रकम अपचलन मुद्दामा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज चौथो पटक म्याद थपका लागि जिल्ला अदालत पोखरा उपस्थित गराइँदै छ ।

यसअघि थपिएको १० दिनको म्याद हिजो शनिबार सकिएसँगै कास्की प्रहरीले अहिले केहीबेरमा म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदैछ । लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित रास्वपा कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो ।

जिल्ला अदालतले उनलाई पहिलो पटक ६ दिन, दोस्रो पटक सात र तेस्रो पटक १० दिनको म्याथ थप गरेको थियो । पछिल्लो पटक भने गत कात्तिक १५ गतेबाट लागू हुने गरी २० गते थपिएको थियो । त्यस दिन थपिएको म्याद सकिएसँगै आज अदालत उपस्थित गराउन लागिएको हो । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । उता रास्वपाले सभापतिको पक्राउविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?