अमेरिकाको अभिव्यक्तिलगत्तै इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट अलग बनेको कतारको घोषणा

लोकपथ
917
Shares
फाइल तस्बिर

काठमाडौं । इजरायल र हमासबीच युद्धविरामका लागि पहल गर्दै आएको कतार मध्यस्थताको जिम्मेवारीबाट पछि हटेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकाले कतारमा हमासका नेताहरुको उपस्थितिलाई स्वीकार्न नसक्ने बताएसँगै कतार मध्यस्थताको जिम्मेवारीबाट पछि हटेको छ ।

कतारले इजरायल र हमासले वार्ताका लागि इच्छा व्यक्त नगरेसम्म मध्यस्थता नगर्ने पनि स्पष्ट पारेको छ । कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कतारले कुनै सम्झौतामा पुग्नका लागि अन्तिम प्रयास स्वरुप १० दिन अघि सबै पक्षलाई सूचना दिएको थियो कि यदि वार्ता निष्कर्षविहीन भएमा मध्यस्थताको भूमिकाबाट हामी आफैं अलग हुनेछौं ।’ युद्ध अन्त्यको प्रस्ताव हमासले नमानेको भन्दै अमेरिकाले कतारमा हमासको उपस्थिति अस्वीकार्य भएको पनि जनाएको छ । कतारले इजरायल र हमासबीचको युद्ध अन्त्यका लागि लामो समयदेखि मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको थियो । कतारको राजधानी दोहामा हमासको राजनीति सन् २०१२ देखि सञ्चालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?