रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि अदालत लगियो

लोकपथ
147
Shares

काठमाडौं । सहकारी रकम अपचलन मुद्दामा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज चौथो पटक म्याद थपका लागि जिल्ला अदालत पोखरा उपस्थित गराइएको छ । यसअघि थपिएको १० दिनको म्याद हिजो शनिबार सकिएसँगै कास्की प्रहरीले केहीबेरअघि म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।

लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित रास्वपा कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो । जिल्ला अदालतले उनलाई पहिलो पटक ६ दिन, दोस्रो पटक सात र तेस्रो पटक १० दिनको म्याथ थप गरेको थियो । पछिल्लो पटक भने गत कात्तिक १५ गतेबाट लागू हुने गरी २० गते थपिएको थियो । त्यस दिन थपिएको म्याद सकिएसँगै आज अदालत उपस्थित गराइएको हो ।

लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ । उनीहरुविरुद्ध पनि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा छ । यता रास्वपा कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन गर्ने भएका छन् । जिरोबाट वाइचोक पुगेर सभा आयोजना सो पार्टीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?