शंकरदेव क्याम्पस प्रमुखका लागि आवेदन खुला

लोकपथ
91
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन खुला गरिएको छ ।

क्याम्पस प्रमुख छनौट समितिले आज एक सूचना जारी गर्दै  त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१ को परिच्छेद १९ बमोजिम शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदमा आवेदन खुला गरिएको हो । 

आवश्यक कागजातहरू र आशयपत्र सक्कलप्रति (हार्डकपी) शिक्षाध्यक्षको कार्यालयमा सात दिनभित्र बुझाउन आग्रह गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?