करिब एक सय किलो गाँजासहित एक जना पक्राउ

लोकपथ
98
Shares

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब १ सय किलोग्रामसहित शनिबार राति प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका–१२ शंखु ओखरकोट बस्ने २९ वर्षीय किरण वाग्ले रहेका छन् ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ६३६१ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा खाली क्रेटहरूको बिचमा लुकाई छिपाई ल्याएको ११ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक वाग्लेलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?