सीजी मोटर्सले एकैदिन विक्री गर्यो २५ वटा एक्सपेंगको जीसिक्स इभी, यस्ता छन् विशेषता

लोकपथ
287
Shares

काठमाडौं । अटोमोबाइल ब्रान्ड एक्सपेंगको आधिकारीक विक्रेता सीजी मोटर्सले शनिबार एकैदिन एक्सपेंगका २५ वटा जीसिक्स इलेक्ट्रिक गाडीहरु विक्री गरेको छ । काठमाडौंको थापाथलीमा एक्सपेंग फ्ल्यागसिप शोरुमको उद्घाटन गर्दै सीजी मोटर्सले उक्त गाडीहरु हस्तान्तरण गरेको हो । ब्रान्ड पोर्टफोलियोमा सवैभन्दा नयाँ जीसिक्स फाइभस्टार रेटिङ प्राप्त गाडी हो ।

सोही कार्यक्रममा सीजी मोटर्सले एक्सपेंग ब्रान्डको जीसिक्स इलेक्ट्रिक एसयूभी पनि लञ्च गर्यो । जीसिक्स अल्ट्रा स्मार्ट कोप एसयूभी मोडलको लन्चसँगै एक्सपेंगले लिडिङ द फ्युचर अफ एआई मोबिलिटी ब्रान्ड भिजन राखेको छ । ३० भन्दा बढी देशहरूमा पुगेको एक्सपेंगले इभी प्रविधिमा पहुँच बढाएको छ । फोल्क्सवागन ग्रुपले एक्सपेङको इभी प्रविधि र एआई प्लेटफर्मको पहुँचमा लगानी गरेको छ ।

विश्वमा चर्चित ब्रान्डका गाडी बिक्री गर्दै आएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले इभीको बढ्दो मागलाई मध्यनजर गर्दै ग्राहक चाहनाअनुसार नै आफूले इभी गाडी भित्र्याएको बताए । उनले गाडी बजारमा १० मा ८ वटा इभीले ओगटेको भन्दै आगामी दिनमा ग्राहकको चाहनाअनुसारको सर्भिस उपलब्ध गराउँदै जाने प्रतिवद्धता जनाए ।

चौधरीले सीजी मोटर्सले यस वर्षभित्रै ४० वटा स्थानसम्म सेवा केन्द्रहरू बढाउने र अहिलेको २४४ भन्दा बढी स्थानहरूको डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्टहरू थप्ने लक्ष्य राखेको बताए ।

एक्सपेंग मोटर्सका उपाध्यक्ष डा. ब्रायन गूले एक्सपेंग ब्रान्डबारे जानकारी गराउँदै नेपाली बजारको मागअनुसारको गाडी उपलब्ध गराउन आफ्नो कम्पनी तयार रहेको बताए ।

यस्ता छन् जीसिक्स गाडीका विशेषता

पहिलो चरणमा सीजी मोटर्सले ग्राहकहरूलाई २५ वटा जीसिक्स गाडीहरू हस्तान्तरण गरेको हो । जसमा स्वचालित ड्राइभिङ प्रविधि, एसईपीए २.०, ओटीए अपडेट, एक्सओएस अपरेटिङ सिस्टम र ८००भी सुपर फास्ट चार्जिङ प्रणाली समावेश छ ।

जीसिक्सको मोटर पावर र टर्क क्रमशः १९० किलोवाट र ४४० एनएम रहेका छन् । जसमा ६६ किलोवाट हावरको ब्याट्री प्याक छ जसले ४३५ किलोमिटरको रेन्ज दिन्छ ।

स्पोर्टी प्रदर्शनका लागि अगाडि र पछाडिको ५०–५० लोड रेशियो, एल्युमिनियम डाई–कास्ट बनावट र ९–डायमेंशन ब्याट्री सुरक्षा समावेश छ । जसले जीसिक्सलाई विशेष बनाउने कम्पनीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?