कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’को चौथो सिजन शनिवार सम्पन्न भएको छ ।
महिला तर्फको फाइनल खेलमा लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई २–० ले हराउँदै उपाधी जितेको छ भने पुरुष तर्फको खेलको फाइनलमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले डिफेन्डिङ च्याम्पियन गरिमा बिकास बैंकलाई ३–० ले हराउँदै उपाधी जितेको छ ।
कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ । विजेता तथा उपविजेता टिमलाई बंैकको तर्फबाट ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।
बैंकका संचालक विश्वेश्वर सुवेदीले एन्फा रेफ्रि नारायण अधिकारीलाई बल हस्तान्तरण गरि शुभारम्भ भएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया