२४० किमि रेञ्ज दिने इभी स्कुटर निर्माणका लागि लगानीको अवसर

लोकपथ
210
Shares

काठमाडौं । नेपालका लागि इभी स्कुटर विक्रेता कम्पनी एफडी मोटर्सअन्तर्गतको ग्रान्था इलेक्ट्रोनिक्सले इभी स्कुटर निर्माणका लागि लगानीकर्तालाई आव्हान गरेको छ । २४० किलोमिटरसम्मको रेञ्ज दिने इभी स्कुटरको निर्माणका लागि इच्छुकले कम्पनीसँग मिलेर लगानी गर्न सक्नेछन् ।

आयातीत स्कुटरको विक्री वितरण गर्दै आइरहेको एफडी मोटर्सअन्तर्गतको ग्रान्था इलेक्ट्रोनिक्सले स्वदेशमै विद्युतीय स्कुटरको निर्माण गरेर रोजगारी सिर्जनाका साथै आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्य राखेको जनाएको छ ।

नेपालका विभिन्न भूभागका लागि विशेष रुपमा डिजाइन गरिएको स्कुटर २४० किमि रेञ्ज दिने हुने छ भने यसको मूल्य २ लाख ८९ हजार तोकिएको छ । आयातित स्कुटरको माग उच्च भएको समयमा स्वदेशमा निर्माण गर्दा लागत कम लाग्नुका साथै स्वदेशी उत्पादनको बजारमा एउटा कोसेढुंगा सावित हुनेछ ।

यो नयाँ आउने स्कुटरमा ब्याट्री र मोटरमा ७ देखि १० वर्षको वारेन्टी हुने र यसले जस्तो उकालो बाटोमा पनि २ जना तान्न सक्ने कम्पनीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?