काठमाडौं । आइतबार शेयर बजारमा हरियाली छाएको छ । आइतबार शेयर बजार परिसूचक नेप्से २७ सयको लाइनमा पुगेसँगै बजारमा हरियाली छाएको हो । यसदिन नेप्से सूचक ६२.५४ विन्दुले बढेर २७३८.०६ अंकमा आइपुग्दा नौं अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । यो वृद्धि दुई महिनायता कै उच्च हो ।
यसदिन छ वटा कम्पनीको कारोबार सर्किट लेबलमा भएका छन् । आज सबै समूहका सूचक बढ्दा हाइड्रोपावर समूह सबैभन्दा बढी ४.२६ प्रतिशतले बढेको छ । दोस्रोमा विकास बैंक समूहको परिसूचक २.७१ प्रतिशतले बढेको छ।
यसदिन तीन सय २५ कम्पनीको दुई करोड २४ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । दुई सय २८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको मूल्य स्थिर रहेको छ।
सुपरमाई हाइड्रोपावर, गुराँस लघुवित्त र श्रीजनशील लघुवित्तको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । त्यस्तै, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
आज सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीको ३८ करोडभन्दा बढी कारोबार हुँदा कारोबारका हिसावले यो कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, कारोबारका हिसावले दोस्रोमा समृद्धि फाइनान्स र तेस्रोमा ङादी ग्रुप पावर कम्पनी रहेका छन् ।
यस्तै, सानिमा ग्रोथ फण्डको मूल्य सर्वाधिक ६.७६ प्रतिशतले घटेको छ । यस्तै, समाज लघुवित्तको मूल्य ४.८६ प्रतिशतले घटेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया