काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ । विराटनगरबाट पक्राउ परेका उनलाई अनुसन्धानका लागि हवाइजहाजमार्फत आज काठमाडौं ल्याइएको हो ।
मानव तस्करहरूसँग मिलेर गत कार्तिक १३ गते मन्त्रीका हैसियतमा अधिकारी जापान प्रस्थान गरेका थिए । हङकङ ट्रान्जिट हुँदै जापान पुगेका मन्त्रीलाई त्यहाँको अध्यागमनले फिर्ता गरिदिएको थियो ।
मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारीसमेत नदिई जापान गएको भन्दै विवाद चर्केपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया