काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपालपे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंककाबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताअन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका अन्य क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्कमार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टेरोपेर्वल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
अलिपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३ सयभन्दा बढि एक्वैरिङ नेटवर्क, नौं करोडभन्दा बढि ग्लोबल मर्चेन्टहरु आवद्ध रहेका छन् । अलिपे प्लसको नेटवर्कमा अलिपे चाइना, ओसीबीसी, छाङ्गीपे, जीक्यास, अलिपेहङकङ, हाईपे, काकाओपे, टसपे, नेभरपे, टीएनजीडी, पीबीबी, टङूमनी, एमपे, टिनाबामार्फ अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।
एनसीएचएलल अलिपे प्लससँग इन्टरनेशनल पेमेन्ट पार्टनरका रुपमा आवद्ध भई दुई नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहलअनुरुप अब एभरेष्ट बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया