काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुप ‘एडुभर्स २०२४’ शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आगामी नोभेम्बर ११ देखि २१ सम्म ९ वटा प्रमुख सहरहरूमा आयोजना गरिने जनाएको हो ।
यो शैक्षिक मेलामा अष्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया, र युरोपका अन्य विभिन्न शैक्षिक संस्थाहरूका प्रतिनिधिहरू प्रत्यक्ष रूपमा सहभागी हुनेछन् ।
२५ भन्दा बढी विदेशी शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी परामर्श लिन सक्ने व्यवस्था गरिएको छ । यसले विद्यार्थीहरूलाई आफ्नो भविष्यको शैक्षिक यात्रा सहज बनाउने अवसर प्रदान गर्ने समेत ग्रेस इन्टरनेशनले जनाएको छ ।
साथै सहभागी विद्यार्थीहरूका लागि विशेष स्पट एडमिसन सुविधा र विभिन्न शैक्षिक संस्थाहरूबाट अधिकतम छात्रवृत्ति अवसर उपलब्ध गराइने समेत जनाएको छ ।
कार्यक्रमलाई थप प्रेरणादायी बनाउन नेपालका स्टार क्रिकेटर तथा ग्रेस इन्टरनेशनलका सद्भावना दूत दीपेन्द्र सिंह ऐरीको उपस्थितिसमेत रहने छ ।
ग्रेस इन्टरनेशनल ग्रुपका संस्थापक निर्देशक एन्डु पौडेलका अनुसार, एडुभर्स २०२४ मा ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता अपेक्षित रहेको बताए । यस कार्यक्रमले विद्यार्थीहरूलाई विभिन्न देशहरूमा अध्ययन गर्न र आफ्नो शैक्षिक भविष्य निर्माण गर्न अझ स्पष्ट जानकारी र सही निर्णय लिन सहयोग गर्ने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया