उपनिर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

लोकपथ
105
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ ।

आज बसेको पार्टी पदाधिकारी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले आफूहरुले सबै तहको उपनिर्वाचनमा योग्य उम्मेदवार उठाएका कारण जित्ने दाबी समेत गरे ।

त्यस्तै माओवादी केन्द्रले आगामी दिनमा सरकारविरुद्ध थप खबरदारी गर्ने भएको छ । गत कार्तिक १० गते गरेको खबरदारी सभाको निरन्तरताको रुपमा थप खबरदारी सभा गर्ने निर्णय गरेको समेत बताए ।

आगामी मंसिर २ गते देशभरका स्थानीय तहमध्ये ४४ पदका लागि निर्वाचन हुँदैछ । सबै दलहरुले उपनिर्वाचनका लागि तयारी तीव्र पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?