काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।
आज बसेको पदाधिकारी बैठकले आगामी पुस २ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
बैठकपछि बोल्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सो जानकारी दिए ।
त्यस्तै आजको बैठकले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा कुनै दलसँग तालमेल नगर्ने र एक्लै चुनाव लड्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया