लापत्ता सन्तान : ‘आमाबुबाको सन्तानप्रति बेस्वार्थ त्याग र सन्तानको स्वार्थपूर्ण व्यवहार’ (भिडियोसहित)

लोकपथ
154
Shares

काठमाडौं । आमा बुबाले सन्तानको उज्ववल भविष्यको लागि गरेको संघर्ष र वृद्ध अवस्थामा आमालाई डाक्टर छोराले बृद्धाआश्रम पुर्‍याएपछि सिर्जित घटनाक्रमलाई उनेर सर्ट फिल्म ‘लापत्ता सन्तान’ सार्वजनिक भएको छ ।

पत्रकारितामा अब्बल छाप छोडेका रामजी ज्ञवालीले निर्देशन गरेको यस फिल्ममा समय र समाज सान्दर्भिक कहानी समेटिएको छ ।

दुई साता अगाडि ओएसआर डिजिटल युट्‌युबमार्फत सार्वजनिक गरिएको ‘लापत्ता सन्तान’ले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । २० मिनेट ३५ सेकेण्डको फिल्मका लेखक रामजी ज्ञवाली हुन् । ज्ञवालीले नै निर्देशन गरेको यस फिल्ममा आमाको भूमिकामा रश्मी भट्ट छिन् भने अन्य कलाकारहरूमा ओजस्वीविक्रम विष्ट, आशिष पराजुली, अर्जुन आचार्य, सविना राउत, नीलम भट्ट र मनीष प्रीतम निरौलाको अभिनय रहेको छ । फिल्म नीरज कँडेलको छायांकन र नहकुल खड्काको सम्पादनमा बनेको छ ।

ज्ञवाली लामो समयको पत्रकारितापछि फिल्म मेकिङमा लागेका हुन् । ज्ञवालीले अहिलेसम्म डार्क मुन, आराध्या, एक लभर, हनिमुन लगायतका प्रोजेक्ट बनाइसकेका छन् ।

उनले निर्माण गरेर विभिन्न फेस्टिभल तथा विशेष शोमा गएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ भने सार्वजनिक हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?