प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा एमाले नेताहरुको जम्बो टोली चीन जाँदै

लोकपथ
217
Shares

काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरु चीन भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी देश चीन भ्रमणमा जानुअघि नै उनको दल नेकपा एमालेका नेताहरु त्यसतर्फ जान लागेका हुन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा नेताहरु चीन भ्रमणमा जान लागेका हुन् । उनीहरु भोलि चीनतर्फ प्रस्थान गर्न लागेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीपी) को निमन्त्रणामा पोखरेलसहित सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी छन् । त्यस्तै केन्द्रीय सदस्य सम्झना देवकोटा, सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी रहेका छन् ।

त्यस्तै प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा। दीपेन्द्र श्रेष्ठ, झापा गौरगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, केन्द्रीय सल्लाहकार तारा बराल नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मी समेत उक्त टोलीमा अटाएका छन् ।

उक्त भ्रमणका क्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष सेकेन्ड ग्लोबल साउथ थिंक ट्यांक फोरममा वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनीहरु सीपीपीका शीर्ष नेताहरुलाई समेत भेट्ने कार्यक्रम रहेको छ । उक्त टोली २ साता चीन बसेर फर्किन लागेको हो ।

प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको पूर्वसन्ध्यामा एमाले नेताहरु त्यसतर्फ जान लागे पनि एमालेले भने पहिले नै उक्त भ्रमण तय भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?