शेयर बजारमा सुधारको संकेत, कारोबार रकम पनि बढ्यो

लोकपथ
98
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर बजार मापक नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचकमा २२ दशमलव १४ अंकले वृद्धि भएको हो । आज नेप्से परिसूचक २ हजार ७ सय ६० दशमलव २१ बिन्दुमा रोकिएको छ ।

नेप्सेका अनुसार आज २ करोड, ४५ लाख ५७ हजार १ सय ५३ कित्ता शेयर ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १ सय २७ रुपैयाँमा कारोबार भएको छ । आइतबारको तुलनामा आज कारोबार रकम समेत बढेको छ । आइतबार ९ अर्ब बढीको कारोबार भएकोमा आज २ अर्ब बढी कारोबार भएको हो ।

त्यस्तै आज कारोबारमा आएकामध्ये १४३ कम्पनीको शेयरमूल्य बढेको, ९२ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

आज कारोबारमा आएका १३ कम्पनीमध्ये ८ कम्पनीले सर्किट लेबलमा कारोबार गरेका छन् । आज माइक्रोफाइनान्स समूह ३.२० प्रतिशतले वृद्धि भएको छ भने हाइड्रोवापर समूह ०.०५ प्रतिशत, विकास बैंक समूह ०.१० प्रतिशतले घटेको छ ।

नेप्सका अनुसार आज सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । त्यस्तै एस्ट्रन हाइड्रोपावर, समृद्धि फाइनान्स, सानिमा जीआइसी इन्स्योरेन्स तथा दिब्यस्वरी हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

तिहारपछिको अघिल्लो साता शेयर बजारमा सामान्य गिरावट देखिए पनि आइतबारबाट भने शेयर बजारमा सुधारको संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?