काठमाडौं । मेरो माइक्रोफाइनान्स १३ औं वर्षमा प्रवेश गरेको छ । संस्था १२ वर्षअघि नुवाकोटको बट्टारमा राष्ट्रिय स्तरको लघुवित्तको रुपमा स्थापना भएको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले माइक्रोफाइनान्सहरुमा अब्बल संस्थाको रुपमा पहिचान बनाउन सफल मेरो माइक्रोफाइनान्सले आगामी दिनमा पनि अझै ग्राहकको चाहनाअनुरुप अगाडि बढ्ने बताए ।
संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय पहुँच पु¥याएको संस्थाले १२ औं वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ५० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु¥याउन सफल भएको छ ।
त्यसैगरी, हालसम्म तीन अर्ब ४० करोड बराबर निक्षेप संकलन गरी १५ अर्बभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको छ ।
देशका सात बाणिज्य बैंक र एक विकास बैंकबाट संयुक्त रुपमा प्रवर्धित यो संस्थाको केन्दी्रय कार्यालय नुवाकोटको बट्टारमा छ । २०६९ साल कार्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित संस्थाले ग्राहक सुहाउँदो बिभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिट्यान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ लगायतका सेवा प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया