गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि कतार एयरवेजले दैनिक उडान भर्ने

लोकपथ
84
Shares

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि कतार एयरवेजले दैनिक उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले मंगलबारदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो।

कतार एयरवेजले भैरहवाबाट एक र काठमाडौंबाट एक गरी दैनिक दुई उडान गर्नेछ । दैनिक चार उडान गर्दै आएको एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतकार्य सुरु भएसँगै काठमाडौंबाट एक र भैरहवाबाट एक गरी दुई उडान गर्ने भएको हो ।

क्यानले भैरहवाबाट कतार एयरवेजको उडान हुनुलाई ठूलो उपलब्धिको रुपमा लिएको छ । क्यानले विश्वका ठूला एयरलाइन्स मध्येका कतार, फ्लाई दुबई, थाई एयर, जजिरालगायतले भैरहवाबाट उडान भर्नु निकै महत्वपूर्ण भन्दै यसले अन्तर्राष्ट्रिय स्तरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा हुने बताएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा जस्ता एयरलाइन्सले उडान भरेका छन् । २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन भएसँगै मुलुकले दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?