नेपालको राजनीतिक आन्दोलनमा ‘प्रोफेशनल’ को भूमिकाबारे आर्मेनियामा बहस हुँदै

लोकपथ
420
Shares

काठमाडौं । नेपालमा राजनीतिक परिवर्तनको आन्दोलनहरुमा राजनीतिक दलबाहेक अन्य क्षेत्रका व्यक्तिहरुको भूमिकाको विषयमा आर्मेनियामा बहस हुने भएको छ ।

सन् २००६ देखि २०११ सम्मको अवधिमा भएका परिवर्तनहरुमा ‘प्रोफेशनल’हरुको भूमिकाको बारेमा बहस हुन लागेको हो ।

त्यसका लागि नेपालका तर्फबाट वरिष्ठ चिकित्सक एवं प्रजातान्त्रिक विचार समाजका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसी र पत्रकार विष्णु निष्ठुरी प्रतिनिधिका रुपमा त्यसतर्फ प्रस्थान गरेका छन् ।

इन्टरनेशनल रिपब्लिकन इन्सिच्यूसनले नोभेम्बर १३ र १४ ले उक्त कार्यक्रम आयोजना गरेको हो ।

नेपालको परिवर्तनमा डाक्टर इन्जिनियर, पत्रकार, शिक्षक तथा नागरिक समाज लगायतको भूमिका कस्तो थियो भन्ने विषयमा त्यहाँ चर्चा हुने केसीले जानकारी दिए ।

इन्टरनेशनल रिपब्लिकन इन्सिच्यूटले नेपालमा संघीयता, गणतन्त्र स्थापना र महिला अधिकार लगायतका विषयमा चासोका साथ हेरिरहेको छ ।

राजनीतिक परिवर्तनका आन्दोलनहरुमा प्रोफेशनलहरुले खेलेको भूमिकाका विषयमा बृहत छलफलका लागि त्यसतर्फ जान लागेको केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?