काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो मंसिर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग–एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीलाई निगरानी गर्न २४ घण्टै सेक्युरिटी अफिसर खटाउने भएको छ ।
सोमबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै क्यानका सचिव पारस खड्काले ८ वटै फ्रेन्चाइजसँग एक एक जना सेक्युरिटी अफिसर खटिने जानकारी दिए ।
‘क्यानकै एन्टी करप्सन युनिट पनि छ । हामीले नेपाल प्रहरीका आइजिपीसँग कुराकानी गरेर हरेक फ्रेन्चाइजसँग २४ घण्टै सेक्युरिटी अफिसर रहने व्यवस्था गरेका छौँ । यसले फ्रेन्चाइजहरुले अन्यथा गर्ने छैनन्,’ खडकाले भने ।
त्यसका लागि नेपाल प्रहरीले क्रिकेट बुझेका अधिकृतहरू खटाउने गरी सल्लाह भएको पनि उनको भनाइ छ ।
गत वर्ष आयोजन भएको नेपाल टी–२० फिक्सिङ विवादमा परेको थियो । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएका छन् । साथै उनले क्यानले गरेको अध्ययनमा फ्लडलाइटका लागि ३० करोड रुपैयाँ लाग्ने देखिएको पनि जानकारी दिए ।
प्रतियोगिताबारे सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्यानका सचिव खड्काले एनपीएलको पहिलो संस्करण अन्ताराष्ट्रियस्तरको गरेर सबैको ध्यान तान्न चाहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया