काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिँदै छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार बुटवल लैजाने तयारी रहेको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही प्रहरीले उनलाई आज बुटवल लान लागिएको हो ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिइसकेको छ । कास्की जिल्ला अदालतले पहिलो पटक ६, दोस्रो पटक ७, तेस्रो पटक १० र चौथोपटक १३ दिन म्याद थप गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया