काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै आफू ३५ वर्षको सहकार्यमा प्रचण्डसँग पटकपटक झुक्किएको भन्दै अब कोही झुक्किनेवाला नभएको टिप्पणी गरेका हुन् ।
प्रचण्डको नयाँ आन्दोलन शीर्षकमा लेखिएको सम्पादकीय सेयर गर्दै उनले सबैलाई केही समय झुक्याउन सकिने भए पनि सधैँ झुक्किन नसक्ने टिप्पणी गरे ।
‘प्रसिद्ध भनाइ छ– ‘सबैलाई केही समय झुक्क्याउन सकिन्छ । केहीलाई सधैंभर झुक्क्याउन सकिन्छ । तर सबैलाई सधैंभर झुक्क्याउन सकिन्न।’ परन्तु लामो सत्ताले मदहोश भएका प्रचण्ड जस्ता केही मान्छे ठान्दछन्– सबैलाई सधैंभर झुक्क्याउन सकिन्छ। उनको पछिल्लो हर्कत त्यसैको दसी हो। अब उनीबाट झुक्किने नझुक्किने सबैले आफैं सोच्ने कुरा हो। मैले त ३५ बर्षको प्रत्यक्ष अनुभव पछि गम्भीर आत्मसमीक्षा सहित अब कहिल्यै नझुक्किने प्रण गरेको छु,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया