काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत छन् । प्रमण्डल नानजिङगमा आयोजना हुने ‘दोस्रो ग्लोबल साउथ थिन्क ट्याङ्क फोरम’ मा सहभागी हुने प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिए । फोरमलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्नेछन् ।
प्रमण्डल जाङ्सु, उहान, बेइजिङलगायत स्थानमा आयोजना हुने औपचारिक कार्यक्रमहरूमा सहभागी भएर आगामी मंसिर ६ गते स्वदेश फर्कनेछ । प्रमण्डललाई रक्षामन्त्री मानवीर राई, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारी, विदेश विभाग सदस्य गोपाल खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया