काठमाडौं । दुई दिन लगातार बढेको शेयर बजारमा आज मंगलबार सामान्य गिरावट भएको छ । दुई दिनमा ८४.६८ अंकले बढेको बजारमा अहिले सामान्य परिवर्तन देखिएको हो ।
यस दिन नेप्से परिसूचक ११.२४ विन्दुले घटेर २७४८.९६ अंकमा झरेको छ । सोमबार ११ अर्ब बढीको कारोबार भएको बजारमा आज मंगलबार सात अर्ब ८५ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ। यस्तै, सात कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। यस दिन चारवटा कम्पनीले सकारात्मक सर्किट लेबलमा कारोबार गरेका छन् ।
गुराँस लघुवित्त र मेन्छियाम हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने बेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ। यस्तै, गुडविल फाइनान्सको शेयर मूल्य सर्वाधिक ९.३६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४४ रूपैयाँ ५० पैसामा झरेको छ।
कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ । यसले २९ करोड २८ लाख रुपैयाँको कारोबार गरेको छ । यसैगरी कारोबारका हिसावले दोस्रोमा बेस्ट फाइनान्स र तेस्रोमा आँखुखोला जलुवित्त कम्पनी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया