काठमाडौं । फोटन नेपालले माउन्टेन ईभी सार्वजनिक गरेको छ । नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको एक सयवटा गाडीहरू एकैपटक डेलिभरी सहित सार्वजनिक गरेको हो ।
नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ किलोवाट ब्याट्री समावेस गरेको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरसम्मको ड्राइभिङ्ग रेञ्ज दिन्छ ।
यसमा १३० किलोवाट अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५ प्रतिशत ग्रेडेबिलिटी रहेको छ, जुन नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारी साधन बनेको छ।
एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरिया नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान नेपालको सवारी साधन क्षेत्रमा विल्कुलै नयाँ भएको बताउँछन् । उनले विशेष सुविधासहितको यो ईभी नेपालका चुनौतीपूर्ण सडकलाई मध्यनजर गर्दै उपलब्ध गराइएको बताए ।
एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ताका अनुसार फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा बिक्री भएको, नौं लाख भन्दा बढी व्यवसायिक सवारी साधनहरूको रुपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको सावारी हो ।
माउन्टेन ईभी १४ देखि १६ सीट सम्मको विभिन्न मोडलहरूमा उपलब्ध छ । जसमा अत्यधिक स्पेस र आरामदायी हाई रुफको सुविधा छ। यसमा रहेका अन्य सुविधाहरूमा अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ सहयोग हो । त्यस्तै यो ईभीमा हिल होल्ड कन्ट्रोल, दुईवटा ड्राइभिङ मोड र आर१६ ड्यूरेबल टायरहरु रहेका छन् ।
नेपाली बजारमा फोटनको ब्रान्ड मूल्य ३१.४ अर्ब रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया