इन्ड्राइभले नेपालमा लन्च गर्यो ‘इन्ड्राइभ कम्फर्ट’ फिचर

लोकपथ
35
Shares

काठमाडौं । इन्ड्राइभले नेपालमा नयाँ ‘इन्ड्राइभ कम्फटर्‘ फिचर सुविधा सुरु गरेको छ । इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ फिचर सुविधा सुरु गरेको हो ।

यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउँने कम्पनीले जनाएको छ ।

कम्फर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवा प्रदान गर्न गर्ने तथा हाइरेटिङ गरिएका ड्राइभरहरुका साथ यात्रा गर्न खोज्नेहरूका लागि उपयुक्त हुने कम्पनीले दावी छ । नयाँ सुविधासँगै नेपाली यात्रुहरूले अब थप आरामदायी र सुविधाजनक यात्राको आनन्द लिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्नेछन् ।

इन्ड्राइभ साउथ एशियाका सिनियर मार्केटिङ म्यानेजर अविक कर्माकारले इन्ड्राइभमा ग्राहकको सुविधाका लागि थप कम्फर्ट सवारी विकल्पहरू प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।

एशिया प्यासिफिक कम्युनिकेसन्सका पवित नन्दा आनन्दले चालक र यात्रु दुवैलाई आफ्नो मूल्य रोज्ने स्वतन्त्रता दिएको बताए । उनले यात्रु आफैले ड्राइभर पनि चयन गर्न पाउने बताए ।

इन्ड्राइभ कम्फर्ट फिचरहरु
-आरामदायी सवारीका लागि उच्च गुणस्तरका कारहरु
-फराकिलो इन्टेरियर भएका सेडान क्लासका गाडीहरू
-प्रिमियम अनुभवको लागि उचित मूल्य
-आरामदायी, फराकिलो र ह्यासल–फ्रि राइड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?