नागरिक लगानी कोषको नाफा ३० करोड बढी, जगेडा कोषको आकार भने २१.५७ प्रतिशतले घट्यो

लोकपथ
0
Shares

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा ३० करोड नौं लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कोषले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमास साउनदेखि असोजसम्ममा ३० करोड नौं लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

कोषको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १३ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष सोही अवधिमा कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कोषको ब्याज आम्दानी ११ करोड ९८ लाख रुपैयाँ पुगेको छ। ब्याज आम्दानीमा ३.७९ प्रतिशतले बृद्धि भएको देखिन्छ । अघिल्लो वर्ष यही अवधिसम्म कोषको ब्याज आम्दानी १२ करोड ४५ लाख रुपैयाँ थियो।

पहिलो त्रैमासमा कोषले सेवा शुल्क तथा कमिसनबापत ३९ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ। चुक्तापुँजी ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ रहेको कोषको जगेडा कोषको आकार २१.५७ प्रतिशतले घटेर १८ अर्ब ३४ करोड १६ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा कोषको जगेडामा २३ अर्ब ३८ करोड ४३ लाख रुपैयाँ थियो। कोषको प्रतिशेयर आम्दानी घटेर १९.८७ रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिसम्म कोषको कुल लगानी २ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?