काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन घोषणाको मिति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ ।
बुधबार पार्टी कार्यालय वनस्थलीमा २ बजे पत्रकार सम्मेलन गर्ने भने पनि विशेष कारणबस स्थगित भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ ।
यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो ।
उक्त कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रास्वपाको ठम्याइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया