कुलमान घिसिङले बोलाए पत्रकार सम्मेलन

लोकपथ
224
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्ने भएका छन् । पछिल्ला घटनाक्रमबारे जानकारी दिन कुलमानले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

गत कार्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले बक्यौता नतिर्ने उद्योगहरुको बिजुली काट्ने प्राधिकरणको निर्णणमा अंकुश लगाउँदै बिजुली जोड्न निर्देशन दिएको थियो । पछिल्लो समय सरकार र प्राधिकरणबीच टसल भइरहेको छ ।

टंकलाइन र डेडिकेटेडको सुविधा लिने तर लामो समयदेखि बक्यौता नतिर्नेहरुमाथि प्राधिकरणले डण्डा चलाउँदा सरकारले भने प्राधिकरणको निर्णयमा समेत अंकुश लगाउँदै आइरहेको छ । सो लगायत अन्य पछिल्ला घटनाक्रमका विषयमा ब्रिफिङ गर्न कुलमानले पत्रकार सम्मेलन गर्न लागेका हुन् । दिउँसो २ बजे प्राधिकरणको सभा हलमा पत्रकार सम्मेलन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?