रवि पक्राउपछि रास्वपामा उम्मेदवारको टिकटमा हस्ताक्षरको जिम्मेवारी बुर्लाकोटीलाई

लोकपथ
749
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेकाले लामिछानेको अनुपस्थितिमा उम्मेदवारलाई दिने टिकटमा बुर्लाकोटीको हस्ताक्षर चलाउन पार्टीले स्वीकृति दिएको हो ।

दुई उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्ले हुँदाहुँदै मंगलबार बसेको सो पार्टीको बैठकले बुर्लाकोटीलाई सो अधिकार दिएको हो ।

निर्वाचन प्रयोजनका लागि हस्ताक्षर गर्ने अधिकार केन्द्रीय समिति र सचिवालयमा छलफल भएर कार्यवाहक महामन्त्रीका हैसियत आफूलाई दिइएको बुर्लाकोटीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?