न्ह्यू बज्राचार्यको संगीतमा खेन्पो पेम छिरी शेर्पाको ‘लामा खेन्नो’ सार्वजनिक

लोकपथ
35
Shares

काठमाडौं । न्ह्यू बज्राचार्यको संगीतमा बौद्ध धर्मगुरु खेन्पो पेम छिरी शेर्पाको नयाँ भक्ति गीत ‘लामा खेन्नो’ हालै सार्वजनिक भएको छ। यो गीत धर्मगुरुले आफ्नै युट्युब च्यानल ‘खेन्पो पेम छिरी शेर्पा’ मार्फत रिलिज गरेका हुन्।

नेपाली संगीत क्षेत्रमा प्रतिष्ठित संगीतकार न्ह्यू बज्राचार्यले संगीतबद्ध गरेको यस गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ। गीतले बौद्धमार्गी आस्था, गुरु–शिष्यको निष्ठा र गुरुको महत्वलाई विशेष आदरका साथ चित्रण गरिएको छ।

गोपाल रसाइलीले यस गीतमा नेपाली र तिब्बती सांगीतिक धुनहरुको सुन्दर संयोजन गरेका छन्। गीतले सुगम संगीत र भक्ति भावको उत्कृष्ट मिश्रण प्रदान गरेको छ, जसले सबै उमेर समूहका संगीतप्रेमीहरुलाई आकर्षित गर्न सक्छ।

मिलन शंकरले छायाँकन गरेको यस गीतको भिडियो बिभोर पोखरेलको सम्पादन र निर्देशनमा तयार पारिएको छ। यसअघि खेन्पो पेम छिरी शेर्पाले ‘मन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?