जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 ४१ वर्षीया महिलालाई  जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका(१ थप्रेक मिया गाउँ बस्ने ४६ वर्षीय सफिदिन मियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

मियाले ती महिलालाई कात्तिक २१ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?