काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका ७ र ८ को सिमानामा रहेको झर्ना कटेज नजिकैको भीरबाट लडेर घाइते भएका एकजनाको प्रहरीको संयुत्त टोलीले उद्धार गरेको छ ।
कार्तिक २७ गते राती अरिङ्गाल पोली फर्कने क्रममा पाँचजना मध्ये सोही गाउँपालिका ८ बस्ने २५ बर्षिय राम कुमार उप्रेती भीरबाट खसेका थिए ।
उनी खसेर घाइते भएको सूचना पाएलगत्तै १५ नम्बर गण काभ्रे, १६ नम्बर गण सिन्धुपाल्चोक र स्थानिय प्रहरीको संयुक्त टोलीले आज बिहान ५ः३० बजे उद्धार गरेको हो ।
अन्दाजी ३०–४० मिटर तल खोल्सामा खसेर टाउको र ढाडमा चोट लागी घाइते भएका उनलाई उद्धार गरी धुलिखेल अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया