‘सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सुनसरीमा निःशुल्क स्वास्थ्य शिविर संचालन

लोकपथ
0
Shares

सुनसरी । सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले ‘सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको संचालन गरेको छ । विराट मेडिकल टिचिङ हस्पिटलको समन्वय तथा कोशी गाउँपालिका र पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल, नेपाल अस्पताल पकली सुनसरीको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

विराट मेडिकल टिचिङ हस्पिटलका प्राविधिक चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोलीले कार्तिक २७ गते २ सय ८० महिला, १ सय ४६ पुरुष र ४६ जना सशस्त्र प्रहरी कर्मचारीहरु गरी ४ सय ६८ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?