मंसिर १२ गतेभित्र बक्यौता बुझाउन विद्युत प्राधिकरणको आग्रह

लोकपथ
98
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा लिएका उद्योगहरूको बक्यौता महसुल आगामी मंसिर १२ गतेभित्र बुझाउन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को कात्तिक २५ को बैठक र प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको भन्दै प्राधिकरणले मंसिर १२ गतेभित्र बक्यौता बुझाउन स्मरण गराएको छ ।

सोही अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ ।

‘वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा आईआई र टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला,’ प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै भनेको छ ।

बिल अनुसारको बक्यौता महसुल सम्बन्धित वितरण केन्द्रमा बुझाउन पनि प्राधिकरणले निर्देशन दिएको छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभए नियमानुसार प्रक्रिया अगाडि बढ्ने प्राधिकरणको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?