कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल

लोकपथ
14
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेका छन् । 

भेटका क्रममा पूर्व प्रधानमन्त्री खनालले राजदूतलाई नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरिया बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र द्विपक्षीय सम्बन्ध अझै विकास हुने विश्वास व्यक्त गरे ।

राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैँ सकारात्मक सहयोग रहेको र विशेषगरी हरित आर्थिक गतिविधिमा पनि कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए । भेटमा दुई देश बीचको आपसी हित एवं चासोको विषयमा लामो कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?