उपनिर्वाचन : कनकाई–६ मा उम्मेदवार चयन

लोकपथ
56
Shares

झापा । आगामी मङ्सिर १६ गते कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको सरगार्मी उक्त वडामा ह्वात्तै बढेको छ ।  

निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेदवारको मनोनयन हुनेछ । क्रियाशील दलहरूले आफ्नोतर्फबाट बन्ने उम्मेदवारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकाई–६ को उपनिर्वाचनमा दुई हजार ५८ मतदाताले भाग लिनेछन् ।

उपनिर्वाचनका लागि चम्पापुर माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ भने मतदान स्थलमा चम्पापुर (क) र चम्पापुर (ख) गरी दुई मतदान केन्द्र रहेका छन् । 

विसंं २०७९ को स्थानीय तह निर्वाचनमा सोही वडाबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित वडाध्यक्ष दीर्घ बहादुर थापाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्षमा नेकपा एमालेले उपाध्यक्ष तुलाराम बस्नेतलाई उम्मेदवार घोषणा गरेको छभने नेपाली कांग्रेसका तर्फबाट रामगोपाल ओलीलाई उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ ।  

यसै गरी,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गणेश थापा,राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायण निरौलालाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?