गरिमा विकास बैंकले फेडेरेसन अफ एलेक्ट्रिकल इन्टरप्रेनरसँग सहकार्य गर्ने

लोकपथ
63
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन फेडेरेसन अफ एलेक्ट्रिकल इन्टरप्रेनर नेपाल बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा गरिमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र फेडेरेसन अफ एलेक्ट्रिकल इन्टरप्रेनर नेपालका अध्यक्ष रेशम प्रसाद देवकोटाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतासँगै संघमा आवद्ध विद्युतीय उपकरणसम्बन्धी उद्यमीहरुलाई गरिमा विकास बैंकले व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ कारोबार गर्न सहजीकरण गर्नेछ र सो संघमा आबद्ध उद्यमीहरुले गरिमा विकास बैंकबाट आर्कषक व्याजदर योजना अन्तर्गत ८.४८ प्रतिशतमा व्यवसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा प्राप्त गर्न सक्नेछन् ।

बैंकबाट उद्यमीहरुले सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरु समेत प्राप्त गर्नेछन । सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्क समेत स्थापना गरी कार्य गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?