नेप्से १३.९५ विन्दुले बढ्यो, १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार

लोकपथ
28
Shares

काठमाडौं । बिहीबार शेयर बजार परिसूचक नेप्से १३.९५ अंकले बढेको छ । लगातार दुईदिन घटेको बजारमा आज बिहीबार सुधार आएको हो ।

नेप्से १३.९५ विन्दुले बढेर २७४८.७८ अंकमा अडिएको छ । १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको यस दिन तीन कम्पनीले सकारात्मक सर्किट लेबलमा कारोबार गरेका छन् । अघिल्लो दिन बुधबार सातअर्ब ९१ करोडको कारोबार भएको थियो । यस दिन सातवटा समूहको सूचक बढेको छन्।

यस दिन एकसय ५९ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने छ को स्थिर रह्यो । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.३४ प्रतिशत बढ्दा विकास बैंक १.२१ प्रतिशतले बढ्यो । यस्तै, बैंकिङ ०.४४, होटल तथा पर्यटन ०.९३, माइक्रोफाइनान्स ०.७७ तथा अन्य समूह ०.६३ प्रतिशतले बढे ।

फाइनान्स ०.०९, लगानी ०.०३, जीवन बीमा ०.०३, उत्पादन ०.३, निर्जीवन बीमा ०.०८ र व्यापार समूह ०.६२ प्रतिशतले घटेका छन् ।

यसदिन तीन सय २१ कम्पनीको २ करोड १६ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ । कारोबारका हिसावले जानकी फाइनान्स कम्पनी अग्रस्थानमा छ । यस कम्पनीले ३५ करोड २४ लाखको कारोबार गरेको छ । यसैगरी, ङादी ग्रसप पावर र समृद्धि फाइनान्स कारोबारका हिसावले दोस्रो र तेस्रो स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?