जाडोमा निमोनियाबाट कसरी जोगिने ?

लोकपथ
273
Shares

काठमाडौं  । जाडो मौसम सुरु भएको छ । यस मौसममा फोक्सोसम्बन्धि रोगको जोखिम बढी हुन्छ । जाडो याममा छिट्टै श्वासप्रश्वासको समस्या र छातीमा संक्रमण हुने भएकाले निमोनिया जस्ता रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । जाडो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकले सुझाव दिएका छन् । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने हुँदा सावधानी अपनाउन सुझाव दिइएको हो । 

केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टीकृत सेवा अभाव हुँदा बिरामीहरू काठमाडौं केन्द्रित हुने गर्दथे । पछिल्ला दिनहरूमा विशिष्टीकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण अकालमा ज्यान जाने क्रम घटेको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा दिँदै आएका प्रा.डा.शीतल अधिकारीले चिसो मौसममा अन्य समयमा भन्दा बढी निमोनिया हुन सक्ने बताए । 

उनले भने, ‘चिसोले निमोनिया बनाउने भन्दा पनि चिसो वातावरणमा निमोनिया हुन सक्छ । इन्फ्लुएन्जा भाइरस चिसोमा सक्रिय हुने भएकाले निमोनिया हुने सम्भावना बढी हुन्छ ।’ रुघा, खोकी, ज्वरो आउने बित्तिकै बोलीचालीको भाषामा निमोनिया लाग्यो भनिने भए पनि त्यो निमोनिया नभएको उनको भनाई छ । उनले भने ‘निमोनियामा साधरणतया एक्स-रे गरेर हेर्‍यो भने फोक्सोमा सेतो दाग देखिन्छ त्यो निमोनिया हो ।’ 

निमोनिया फोक्सोमा हुने एक प्रकारको संक्रमण भएको भन्दै उनले कोभिडको बेलामा भाइरसले निमोनिया बनाएको बताए । सामान्यतया धेरै जनालाई हुने इन्फ्लुएन्जा भाइरसले गर्दा निमोनिया हुने भन्दै अन्य ब्याक्टेरियाले गर्दा पनि निमोनिया हुने बताए । उनले भने ‘मधुमेह नियन्त्रणमा नभएको वा रोगसँग लड्ने क्षमता कम भएको व्यक्तिहरूलाई यो बाहेक फङ्गस (ढुसी) ले पनि निमोनिया गराउँछ ।’ फोक्सोमा संक्रमण भएपछि खोकी लाग्ने, ज्वरो आउने र छाती दुख्ने गर्दछ । 

साधारण भाषामा निमोनिया भनेको फोक्सो पाक्ने समस्या भएको भन्दै उनले भने ‘फोक्सोको एक भाग अथवा पुरै भाग पाक्ने हो । त्यसको वरिपरि पानी जम्ने र त्यो इन्फेक्टेड भयो भने पीप जस्तो हुन्छ ।’

निमोनियाको दुई प्रकृति रहेको छ । क्याफ्टेरिया निमोनिया अर्थात् भाइरस निमोनियाको समयमै उपचार भयो भने खासै खतहरू बस्दैन । तर कुनै–कुनै निमोनिया जस्तै: कोभिड निमोनिया निको भए पनि फोक्सोमा खतहरू देखिएको उनले बताए। 

समयमा उपचार भयो र अन्य जटिलताहरू जस्तो पीप बनेन भने साधरणतया निमोनिया निको हुने रोग अन्तर्गत पर्ने उनको भनाई छ ।  उनले भने ‘रोगसँग लड्ने क्षमता, समयमै सही एन्टिबायोटिकको प्रयोग र बिरामीको केयर कस्तो छ भन्ने अवस्थाले निमोनिया निको हुने वा नहुने भन्ने कुरामा भर पर्दछ ।’ 

समयमा उपचार भयो र अन्य जटिलताहरू जस्तो पीप बनेन भने साधरणतया निमोनिया निको हुने रोग अन्तर्गत पर्ने उनको भनाई छ ।  उनले भने ‘रोगसँग लड्ने क्षमता, समयमै सही एन्टिबायोटिकको प्रयोग र बिरामीको केयर कस्तो छ भन्ने अवस्थाले निमोनिया निको हुने वा नहुने भन्ने कुरामा भर पर्दछ ।’ 

साधरणतया  निमोनिया  हुने कारणमा भाइरस र ब्याक्टेरिया नै मुख्य कारण हुन् ।  धेरैजसो बिरामीलाई इन्फ्लुएन्जा, कोभिड र श्वासप्रश्वासमा असर गर्ने भाइरस नै हो । त्यस्तै ब्याक्टेरियाका कारणले हुने निमोनियामा सामान्यतया स्ट्रेप्टोकोकस निमोनिया हो । यो धेरैजसो भिडभाडमा जाँदा हुने निमोनियामा पर्दछ । 

निमोनियाबाट बच्नको लागि भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, रुघा लागिरहेको व्यक्तिको अगाडि नजाने, खोक्दा, हाच्छ्युँ गर्दा सर्ने भएकाले कोभिडको बेलामा प्रयोग गरेका मापदण्डहरू प्रयोग गर्न उनले सुझाव दिए । अहिले निमोनियाको भ्याक्सिन समेत पाइने उनले बताए । 

समयमै उपचार गरेमा प्रायःजसो निमोनिया निको हुन्छ । रोगसँग लड्ने क्षमता कम भएको अवस्थामा सबै जना निको हुँदैनन् ।  करिब १० प्रतिशतलाई निको पार्न नसकिने उनले बताए  । उनले भने ‘पानी धेरै जमेको छ, निमोनिया ठूलो छ र कहिलेकाहीँ खकारहरु ननिस्केर भएको निमोनिया छ भने त्यो जटिल नै हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?