आईटी क्षेत्रमा तीन लाख रोजगारी सिर्जना गर्छौ : सञ्चारमन्त्री गुरुङ

लोकपथ
28
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुररुङले आईटी क्षेत्रमा तीन लाख बढी रोजगारी सिर्जना गर्ने बताएका छन् । ‘टेकस्पायर स्टार्टअप एण्ड आइडिया फेस्ट २०२४’ को उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालमा आईटी क्षेत्रमा तीन लाख बढी रोजगारी सिर्जना गर्न काम गर्ने बताएका हुन् ।

मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रमा ३ वर्षमा ३ लाख रोजगारी सिर्जना गर्ने काममा लाग्ने र त्यसमा निजी क्षेत्र, शैक्षिक संस्था लगायत सबैको सहयोग चाहिने बताए ।

शुक्रबारसम्म सञ्चालन हुने फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिनेछ । १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसहरूको सहभागीता रहेको कार्यक्रममा स्टिम क्याम्प, रकेट साइन्स र रोबो सकरहरू सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?