सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोप महिला पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोप प्रहरीले महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १३ की कुमारी जानकी बोगटी रहेकी छन् । 

सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरु प्रसारण गरी चरित्रमा निर्मम आघात पुर्‍याएको साथै सामाजिक जीवनमा गम्भीर असर पुर्‍याउने कार्य गरेको भनि ब्युरोमा बोगटीमाथि उजुरी दर्ता भएको थियो ।

प्रहरीको अनुसन्धानको क्रममा बोगटीको उक्त कार्य संग्लता देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनलाई गत सोमबार सुर्खेतबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक दीपक राज अवस्थीतले बताए ।

पक्राउ परेकी उनमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?