अध्यक्ष नेपालको दाबी– ‘मुलुकमा जे जति परिवर्तन भयो सबै हाम्रो कारणले भयो’

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरूले नै गरेको दाबी गरेका छन् । 

बिहीबार नेपाल नेवा राष्ट्रिय संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा परिवर्तन पनि आफूहरूले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरूले नै ल्याएको बताएका हुन् । 

उनले भने, ‘हामीले  नगरेको  होइन, गरेका छौँ । काम नगरेकाहरुसँग हामीलाई एउटै लाइनमा राख्न मिल्दैन । हामीले गर्वका साथ भन्न सक्नुपर्छ । यो मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीले गरेका छौँ । परिवर्तन कसैले गरेको छ  भने  त्यो  हामीले  गरेका हौँ । गणतन्त्र कसैले ल्याएको छ भने त्यो  हामीले ल्याएका छौँ । गणतन्त्र आउँदैन नेपालमा भन्नेहरू यहीँ पार्टीभित्र थिए । गीत गाएर मात्र हिँडेका होइनन् विरोध गरेर  हिँडेका थिए । उत्साह बढाउने होइन उत्साह घटाउने काम गरिरहेका थिए । हामीले टेरेनौँ, वास्ता गरेनौँ र राजतन्त्रको बारेमा अरू पार्टीले पनि मतलब गरेनन् ।’

साथै उनले देशको मूल समस्या सरकारको अस्थिरता नभएको बताए । उनले आफूहरू ९ महिना सरकारमा रहँदा उदाहरण पेस गरेको भन्दै सो अवधिमा गफ नभई काम गरेर देखाएको जिकिर गरे  ।

उनले भने, ‘हाम्रो देशको समस्याको मूल कारण के हो, त्यहाँबाट जानुपर्छ । मूल कारण भनेको सरकारको अस्थिरता होइन । ९ महिना हामी सरकारमा हुँदा खेरी (नौ महिना) उदाहरण पेस गरेका छौँ । गफ होइन, काम गरेर देखाएका छौँ, नौ महिनाभित्र सारा देशमा तरंग पैदा गरिदियौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?