काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको बुटवलमा लिखित प्रश्नको बयान सकिएको छ । पहिलो दिन मौखिक प्रश्नको जवाफ र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफको बयान सकिएको हो ।
२६ दिनदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका उनले सोधिएका सबै प्रश्नमा आफू कतै पनि सहभागी नभएको भन्दै सहकारी ठगीमा संलग्नता ठाडै अस्वीकार गरेका छन् । उनलाई आजै पोखरा पठाइने भएको छ ।
गत कार्तिक २ गते पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । रवि पक्राउ परेसँगै रास्वपाले पोखरा, काठमाडौं लगायत विभिन्न शहरहरुमा आन्दोलन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया