काठमाडौं । वीरगन्जबाट प्रहरीले २२ किलो ५ सय ग्राम अवैध लागुऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–४ का २९ वर्षीय मकसुद अन्सारी, २० वर्षीय रामलाल सहनी र भारत विहार मोतीहारी ग्रामका २९ वर्षीय मुकेश कुमार रहेका छन् ।
वीरगन्ज महानगरपालिका–१५ भिष्वा होटल नजिक ना.प ११५६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको चरेशसहित उनीहरुलाई पक्राउ गरेकाे हाे ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया