गोकर्णेश्वर घटनामा ‘ट्वीस्ट’ : श्रीमती र छोराछोरी हराए भन्दै प्रहरीमा पुगेका थिए कान्छा

लोकपथ
791
Shares

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा एकै परिवारका ३ जना आफ्नै घरको कोठामा मृत भेटिएको घटनामा थप ट्वीस्ट फेला परेको छ ।

मृतकका श्रीमान ४९ वर्षीय कान्छा नगरकोटीले आज दिउँसो साढे २ बजे प्रहरी बृत्त बौद्धमा श्रीमती र छोराछोरी बेपत्ता भएको भन्दै उजुरी दिएका थिए ।

तत्काल प्रहरी बृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले लोकपथलाई जानकारी दिए । उनका अनुसार प्रहरी टोलीले उनीमाथि नै शंका गरेर उनको घर खानतलासी गर्दा उनको घरको कोठाभित्र उनकी श्रीमती ३३ वर्षीया सीता दंगाल नगरकोटी, १५ वर्षीया छोरी अंशु मोक्तान र २ महिनाको छोरा मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीले शव परीक्षणका लागि अस्पताल पठाएको छ । साथै श्रीमान कान्छालाई थप अनुसन्धानका लागि प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?