काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि बिहान मात्रै पोखरा लगिने भएको छ ।
आज सरकारी वकिलको कार्यालय रुपन्देहीमा सबै बहस सकिएको छ । आज ढिलासम्म बयान चलेका कारण आज पोखरा नर्फकाइने रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए । उनका अनुसार भोलि बिहान पहिलो उडानबाट उनलाई भोलि पोखरा लगिनेछ ।
‘रुपन्देहीमा रवि लामिछानेको बयान ढिलासम्म चलेपछि आज उहाँलाई पोखरा नफर्काइने भएको छ। रुपन्देही प्रहरीका अनुसार उहाँलाई भोलि बिहान पहिलो उडानबाट पोखरा पठाइनेछ,’ उनले भने ।
सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पार्टी कार्यालय बनस्थलीबाट लामिछानेलाई पक्राउ गरिएको थियो । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम लगायतको सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया